|  

ताप्लेजुङमा भाउजूलाई कुटपिट गर्ने देवर पक्राउ

२० माघ, काठमाडौं ।  ताप्लेजुङमा घरायसी विवादका कारण भाउजूलाई कुटपिट गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

भाउजूलाई कुटपिट गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका ५७ वर्षीय बिष्णुकुमार लिम्बू पक्राउ परेका छन् ।

उनले ५६ वर्षीया भाउजू सुकमाया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहार सहित शरीरका विभिन्न भागमा निलडाम रहेको प्रहरीले जनाएको छ । भाउजूलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।