|  

घरपरिवार र मायामोह त्यागेर महाकुम्भमा २२० जना बने संन्यासी

२० माघ, काठमाडौं । घर, परिवार र सुखसुविधाबाट मुक्त भएर थप २२० जना सन्यास लिएर नागा संन्यासी बनेका छन् । जसमा दुई सय पुरुष र २० महिला रहेका छन् ।

पिण्ड दान र विजया हवन गरेर उनीहरूले सनातन धर्ममा आफ्नो जीवन समर्पित गरेका हुन् । सन्यास लिनेहरूमा उत्तर प्रदेश, मध्य प्रदेश, पश्चिम बंगाल, छत्तीसगढ र बिहारका पुरुष र महिलाहरू छन् ।

महाकुम्भमा हालसम्म जुना अखाडामा ४ हजार ५ सय नागा संन्यासी र २१ सय ५० संन्यासी बनिसकेका छन् ।