२० माघ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।
आइतबार महिला आर्थिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र:नीति र व्यवहार विषयक छलफलमा पौडेलले लामो समयदेखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् ।
समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे ।