२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् ।
उनले नेपालमा सधैँ घर रहने बताउँदै अटल समर्थन, मार्गदर्शनका लागि धन्यवाद दिएका हुन् ।
उनले भनेका छन्, ‘नेपाल क्रिकेटमा तपाईंको प्रभाव अमूल्य छ, र हामीले साझा गरेका पाठ र सम्झनाहरूलाई हामी सधैं कदर गर्नेछौं । उत्तरोत्तर प्रगतिको कामना । नेपालमा सधैँ घर रहनेछ ।’
२०७९ को माघबाट जिम्मेवारी सम्हालेका मोन्टी दुई वर्षे दुई वर्षको कार्यकाल सकिएपछि क्यानबाट बिदा हुँदैछन् ।