|  

त्रिदेशीय महिला टी-२०ः नेपालको लगातार तेस्रो हार

२० माघ, काठमाडौं ।   महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । 

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार तेस्रो खेल गुमाएको हो ।
यसअघि नेदरल्यान्ड्स र थाइल्यान्ड्सँगको सुरूवाती खेल गुमाएको नेपाल आइतबार भएको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो ।

आइतबार नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो।