२० माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट बैठकमा सहभागी हुँदा हुँदै बिरामी परेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिने क्रममा आशनमा बस्दा भट्ट अस्वस्थ भएर ढलेका थिए ।
शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेर ढलेका थिए ।
मधुमेह र उच्च रक्तचापबाट पीडित उनको अहिले संसद् सचिवालयकै स्वास्थ्य शाखामा उपचार भइरहेको छ।