२० माघ, काठमाडौं । डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुखसहित पाँच जना पक्राउ परेका छन् ।
म्याग्दीको कुमारी बहुउदेश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । जसमा जिसस प्रमुख राजकुमार थापा, मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन् ।
गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।