२० माघ, काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा २८ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको खुलासा भएको छ ।
संघीय निर्वाचन आयोगको खर्च विश्लेषणका आधारमा मस्क पछिल्लो निर्वाचनको सबैभन्दा ठूलो दाता भएको स्रोतले जनाएको छ । मस्क ट्रम्पको ‘कोर टिम’मा छन् ।
उनलाई सरकारी प्रभावकारिता विभागको नेतृत्व दिइएको छ । गएको अक्टोबरको अन्त्यमा मस्कले मतदाताका निम्ति दैनिक १० लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका थिए ।
यसरी मतदाताका निम्ति मात्र मस्कले कम्तीमा पाँच करोड १७ लाख डलर खर्च गरेको देखिएको छ ।