२० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताएका छन् ।
‘केलबलकार स्थापना गर्ने नाममा जुन प्रकारको ज्यादती सरकारबाट भइरहेको छ, म त्यसको निन्दा गर्न चाहान्छु,’ आइतबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सरकारसँग आग्रह गर्न चाहान्छु–कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ चलाइनकन, जनतामाथि निर्मम दमन गरीकन त्यो केबलकार अहिले बनाउन जरुरत छैन।’
केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र आतंकको वातावरण निर्माण गर्न लिङ्देनले सरकारसँग आग्रह समेत गरे।