|  

पाथीभरा क्षेत्रमा केबलकार होइन,  व्यवस्थित दलमार्ग र सडक बनाउनुपर्छः राप्रपा नेपाल

२० माघ, काठमाडौं ।  राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकारभन्दा व्यवस्थित पैदलमार्ग र सडक बनाउनुपर्ने बताएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले आइतबार विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरेका छन् ।

पाथीभरा क्षेत्रमा केबलकार होइन, सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालयको विकास र विस्तार गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘काफ्लेपाटीभन्दामाथि माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु उपयुक्त हुन्छ।’

 

475777788_1142482720575963_3211899602982408312_n-1738496350.jpg