|  

भीम रावलको अभियानमा लागेको भन्दै पूर्व सांसदसहित ५ नेता एमालेबाट निष्कासित

२० माघ, काठमाडौं ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच जना नेताहरूलाई कारबाही गरेको छ ।

 कमिटीले पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।निष्कासनमा पर्नमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य छन् ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर, प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।