२० माघ, काठमाडौं । घरेलु मैदानमा गण्डकीको टोलीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले टाइगर कपको उपाधि जितेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको पाँचौ संस्करणको टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ पुलिसले जितेको हो ।
पुलिसले ३–१ को सेटमा गण्डकीलाई स्तब्ध बनाएको हो।
घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको गण्डकीलाई पहिलो सेटमा २५–२३ दोस्रो सेटमा २५–२१ अंकको जित निकाल्दै पुलिस जित नजिक पुग्यो ।
तेस्रो सेटमा गण्डकीले २५–२० को पुनरागमन जित निकाल्न सफल भयो। चौंथो सेट २५–२२ ले पुलिसलाई सुम्पदै गण्डकी उपविजेतामा सीमित भएको हो।