|  

६ महिनामा भ्रमण र विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब १ अर्ब ९२ करोड 

२० माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र पढ्न १ खर्ब बढी खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण गर्ने र पढ्ने नाममा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन् ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.५६ अर्ब ८३ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको थियो।