|  

राष्ट्रियता र प्रजातन्त्रको रक्षा नेपाली कांग्रेसले गर्छ : देउवा

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र मानवअधिकारको रक्षा नेपाली कांग्रेसले गर्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको आइतबार तेस्रो सम्मेलनको अवसरमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘मुलुकको समग्र विकासमा कांग्रेस जिम्मेवार छ। जितहार हुन्छ। सबै साथीहरु एक भएर अघि बढौँ।’

उनले पर्यटनको राजधानी पोखरामा आर्थिक गतिविधि बढाउन पर्यटन नै मेरुदण्ड भएको बताए। देउवाले महानगरले नेतृत्व लिएर पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए।

उनले भने, ‘पोखरा पर्यटकको रोजाइको ठाउँ हो। यो सुन्दर ठाउँ हो।’ देउवाले आफू जेलमा पर्दा माछापुच्छे«मा धेरै हिउँ देखेकामा अहिले नभएकोमा चिन्ता व्यक्त गरे।