२१ माघ, काठमाडौं । तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।
पूर्वी तराईदेखि पश्चिम तराईसम्म हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिममा भन्दा पूर्वी नेपालमा हुस्सु र कुहिरो बढी लागेको छ ।
हुस्सु र कुहिरोका कारण तराईका अधिकांश स्थानमा भिजिविलिटी न्यून छ । विराटनगरमा भिजिविलिटी नील (शून्य मिटर) रहेको छ । जनकपुर, सिमरालगायत स्थानमा पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।