२१ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा आज विधिपूर्वक गरिँदै छ ।
यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिन्छ । यसैक्रममा स्वयम्भूनाथस्थित सरसस्वती मन्दिर परिसरमा देवी सरस्वतीको पूजा गर्न आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।
आजका दिन अक्षरारम्भ गर्ने प्रचलन पनि रहेको छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।
स्वयम्भूमा बिहानैदेखि सरस्वती पूजा र अक्षरारम्भ गर्नेको घुइँचो लागेको छ। बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन् ।