२१ माघ, काठमाडौं कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।
जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (भारतीय) ३५, गोलभेँडा सानो (तराई) ३०, आलु रातो ४०, काउली स्थानीय प्रतिकेजी १२, मूला रातो प्रतिकेजी ३० रुपैयाँ कायम भएको छ ।