|  

अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्ः प्रधानमन्त्री ओली

२१ माघ, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । ”