२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि लागू हुन लागेका बेला उनले वार्ता गर्न लागेका हुन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले प्रतिक्रियामा अमेरिकामाथि कर लगाउने बारेमा कुरा गरेका थिए ।
सोही समयमा, मेक्सिकोका राष्ट्रपतिले पनि अमेरिका विरुद्ध पनि प्रतिशोधात्मक कारबाही बताएका थिए । जसमा कर पनि समावेश थियो ।