|  

नेपालमा किन काटियो आइतबार राति इन्टरनेट ?

१९ माघ, काठमाडौं । भारतीय सीमा क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा आइतबार राति नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

नेपालका अधिकांश इन्टरनेट सेवा प्रभावित भएको थियो।आवश्यक प्राविधिक मर्मतपछि करिब ४५ मिनेटपछि नै सेवा पुनः सञ्चालनमा आएको थियो । 

तर क्षतिको कारण नभई नेपाली कम्पनीहरूले भारतीय कम्पनीहरूलाई ब्याण्डविथबापतको रकम तिर्न बाँकी रहेकाले ब्याण्डविथ काटिदिएको स्रोतहरूले बताएका छन् ।

ब्याण्डविथबापतको अर्बौं रूपैयाँ नेपाली इन्टरनेट सेवा प्रदायकले तिर्न बाँकी रहेकाले ब्याण्डविथ काटिएको सेवा प्रदायकहरूले बताएका छन् ।