|  

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरुः यस्ता छन् कार्यसूची !

२१ माघ, काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो बस्दैछ ।

गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन । यसअघि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।