१९ माघ, काठमाडौं । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्रीविरुद्ध आक्रोश पोखेको छ ।
उत्तर कोरियालाई ‘दुष्ट देश’ भनेपछि किम जोङ उनको प्रशासनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई चेतावनी दिँदै यस्तो असभ्य र अर्थहीन टिप्पणीले कहिल्यै पनि अमेरिकी हितलाई पूरा नगर्ने बताएको हो । यस्ता अभिव्यक्तिले शत्रुता कहिल्यै समाप्त नगर्ने समेत उत्तर कोरियाको भनाइ छ ।
अमेरिकी विदेश नीति प्रमुखले आफ्नो वचन र काम मार्फत एक पटक फेरि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाप्रति आफ्नो देशको शत्रुतापूर्ण नीति प्रदर्शन गरेको उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ ।
जनवरी ३० मा एक कार्यक्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उत्तर कोरिया र इरानलाई विदेश नीतिको सन्दर्भमा दुष्ट देशहरूको संज्ञा दिएका थिए ।