|  

युवाहरूलाई गलत व्यक्तिको संगत नगर्न प्रधानमन्त्रीको सुझाव

१९ माघ, काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई गलत व्यक्तिको संगत नगर्न सुझाव दिएका छन् ।

सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गलत संगतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।

‘गलत संगत बहुत खतरनाक चिज हो । त्यस्तो संगत कहिल्यै नगर्नोस् । राम्रोको संगत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ । नराम्रोको संगत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ । यसले जिन्दगी बर्बाद बनाउँछ ।’

उनले भने– ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ । झिँगाको साथ लाग्नुभयो भने फोहरमा पुग्नुहुन्छ । मौरीले मह जस्तो औषधी दिन्छ । तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ । अरूको लहै लहैमा लागेर निर्णय लिनुभन्दा आफूले बुझेर निर्णय लिँदा सफल भइन्छ ।’