२१ माघ, काठमाडौं । पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ ।
संसारभर कच्चा तेलको मूल्य बढेको भन्दै पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको हो ।सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ र डिजलको मूल्यमा ६ रुपैयाँ वृद्धि हुने बताएको छ ।
हाल पाकिस्तानमा पेट्रोलको मूल्य २ सय ५६ रुपैयाँ १३ पैसा छ भने डिजलको मूल्य २ सय ६० रुपैयाँ ९५ पैसा रहेको छ । पछिल्लो समय आर्थिक समस्यामा फसेको पाकिस्तानमा उच्च मूल्यवृद्धि देखिएको छ ।
पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै पारवहन खर्च पनि बढ्ने र त्यसले अन्य वस्तुको मूल्य पनि बढाउने चिन्ता व्यक्त गरिएको छ । पा