|  

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

२१ माघ, काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता खड्कालाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । बूढानीलकण्ठ नगरपालिका-४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।