२१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ ।
आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको हो । प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त, राम कार्की युरोप-अमेरिका र ओम शर्मालाई एसिया समितिमा जिम्मेवारी दिएको छ ।
त्यसैगरी आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए । तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेन ।