|  

पुजा महतो आइसीसीको महिला यू-१९ विश्वकपको टिम अफ द टुर्नामेन्टमा

२१ माघ, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमकी कप्तान पुजा महतो आइसीसीको विश्वकपको टिम अफ द टुर्नामेन्टमा परेकी छन् ।

विश्वकपपछि आइसीसीले जारी गरेको विश्वकपको टिम अफ द टुर्नामेन्टको १२ सदस्यीय टिममा नेपालबाट महतो परेकी छन् । महतोले विश्वकपमा कुल ७० रन बनाएकी थिइन् भने ९ विकेट लिएकी थिइन् । 

विश्वकपमा नेपालले समुह चरणका सबै खेलमा हार बेहोरेर बाहिरिएको भएपनि प्लेअफ खेलमा आयोजक मलेसियालाई पराजित गरेको थियो ।

आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेता देश भारतका चार खेलाडी रहेका छन् भने उपविजेता बनेको दक्षिण अफ्रिकाका तीन, इङल्याण्डका २ तथा श्रीलंका र अस्ट्रेलियाका एक एक खेलाडी रहेका छन् ।

विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रीकालाई पराजित गर्दै उपाधि जितेको थियो ।