२२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडा र मेक्सिकोविरुद्ध कर लगाउने घोषणाबाट पछि हटेका छन् ।
क्यानाडा र मेक्सिकोविरुद्ध घोषित २५ प्रतिशत आयातकर मंगलबारदेखि लागू गर्ने ट्रम्पको तयारी थियो । अब उनले एक महिनाका लागि यो प्रस्ताव स्थगित गरेका हुन् । मेक्सिको र क्यानाडा सीमा सुरक्षामा सुधार गर्ने र लागू औषधको चोरी पैठारीमा रोक लगाउन सहमत भएसँगै ट्रम्प नरम भएका हुन् ।
क्यानाडा र मेक्सिको दुबै अमेरिकाको सबैभन्दा ठूला व्यापारिक साझेदार मानिन्छन् । ट्रम्प आफ्नो योजनामा अडिग रहेका खण्डमा यी दुबै मुलुकले समेत जवाफी आर्थिक व्ययभारको उपाय अवलम्बन गर्ने घोषणा गरेका थिए ।
ट्रम्पसँगको सम्झौता अनुसार क्यानाडाले विशेष जाँचकी नियुक्त गर्ने र मेक्सिकोले दश हजार सैनिक सीमामा पठाउनेछ ।