२२ माघ, काठमाडौं । बजारमा अण्डाको मूल्य बढ्ने भएको छ । अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो ।
आज (मंगलबार)देखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । बजारमा मध्यम, ठूलो र एक्स-एल गरी तीन आकारका अण्डा आउँछन् । अब न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो ।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। आजबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ।