२२ माघ, काठमाडौं । सिरियामा कार बम विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
उत्तरी सिरियाली शहरको बाहिरी इलाकामा सोमबार भएको कार बम विस्फोटमा अन्य दर्जनौं घाइते भएको बताइएको छ । मानबिज शहरको बाहिरी इलाकामा कार विस्फोट भएको थियो ।
कृषि कामदार बोकेको गाडी कारको छेउबाट गुज्रिरहेको बेला विस्फोट हुँदा सो गाडीमा सवार १४ महिला र एक पुरुष कामदारको मृत्यु भएको छ । अन्य पन्ध्र जना महिला घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।