|  

त्रिदेशीय महिला टीः२०:नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

२२ माघ, काठमाडौं ।  त्रिदेशीय महिला टी-२० शृङ्खलामा नेपालले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार तीन खेलमा पराजित नेपालले तीन खेलमा अपराजित थाइल्याण्डसँग दिउँसो १२ः१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो।पहिलो खेलमा नेदरल्याण्ड्सँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो।

तेस्रो खेलमा आइतबार नेपाल फेरि नेदरल्याण्ड्सँग १५ रनले पराजित भयो।