|  

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक ४ महिलाको मृ#त्यु

२२ माघ, काठमाडौं । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु हुने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार, नेपालमा औसत दैनिक ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जनाको मृत्यु हुने गरेको छ। विज्ञहरूका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको छ ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । पाठेघरको मुखको क्यान्सर हुने कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत छन् ।

पाठेघरको मुखको क्यान्सर हुँदा शारीरिक सम्बन्ध राख्दा तल्लो पेट दुख्ने, रगत बग्ने, गनाउने पानी बग्ने, सामान्य उपचार गर्दा निको नहुने जस्ता लक्षण देखिने  गर्दछ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत)महिलाको मृत्यु हुने गरेको छ ।