|  

बेलायतका राजकुमार दम्पती आज नेपाल आउँदै

२२ माघ, काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज नेपाल भ्रमणमा आउने भएका छन् ।

एडवार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरु दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राजकुमार परिवार ६ दिने दक्षिणी यसियाली मुलुक भ्रमणमा निस्किएका हुन् । उनीहरुको सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।