२२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारी बनाएका छन् ।
उनलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले सोमबार भनेको हो । यो हैसियतसँगै मस्कले संघीय सरकारका लागि पनि काम गर्न सक्ने भएका छन् ।
तर नियमित सरकारी कर्मचारीलाई झैं उनलाई पनि आफ्नो निजी स्वार्थ र हितसँग बाझिने काम भने पाउने छैनन् । मस्कलाई ‘विशेष सरकारी कर्मचारी’को रुपमा वर्गिकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले भनेकी छिन् ।
यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने अनि उनले कानुनको पालना गर्नु पर्नेछ । विशेष सरकारी कर्मचारी पद बढीमा १३० दिनको लागि मात्रै हुन्छ ।