|  

कोरोनाको औषधी पत्ता नलाग्दा मैले विश्वास जगाउन बेसार पानीको कुरा गरेः ओली 

२२ माघ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बेलामा विश्वले औषधि बनाइनसकेको बेलामा आफूले विश्वास जगाउन बेसार पानीको कुरा गरेको बताएका छन् ।

उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

‘हाम्रा डाक्टरहरु नै कोभिडबाट आतंकित भइरहनुभएको थियो, कोभिडको प्रचार नै भयावह तरिकाबाट भयो । धर्ती नै रहँदैन कि भन्ने अवस्थाबाट भयो । अरु औषधि नै थिएन, के भन्ने ?कतिपयले मलाई उडाए । विश्वासले मान्छे बाँच्छ । बेसार पानी नुन हालेर खाए भो नि भनेर भनेको हुँ । मैले विश्वासका लागि भनेको हुँ । हामीले मनोबल जगाउनुपर्थ्यो ।’