|  

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कैलालीमा दुर्घटनाः चार जना घाइते

२२ माघ, काठमाडौं ।  कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको हो।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए ।