|  

यूएईमा नुवाकोटका एक युवक झुण्डिएको अवस्थामा मृ#त फेला

२२ माघ, काठमाडौं । नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बेलकोटगढी नगरपालिका-१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत भेटिएका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए । तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए ।

मृतकका भाई हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएको बताए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् ।

कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए । अन्तिमपटक घटनाको एक सताअघि दाईसँग आफ्नो कुरा भएको हरिहरले बताए ।