|  

बेलायती राजकुमार दम्पत्ति नेपाल भ्रमणमा

२२ माघ, काठमाडौं । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् ।

६ दिने भ्रमणका लागि आज दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन । उनी भारत भ्रमण सकेर काठमाडौं आएको भनिएको छ । उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका छन् ।
त्यस्तै आज बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन ।

उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन । उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरू भोलि काठमाडौंस्थित माइती नेपालमा जाने कार्यतालिका छ । त्यस्तै, दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ ।