|  

सहकारी ठगी प्रकरणः रविविरुद्ध चितवनमा पनि मुद्दा दायर

२२ माघ, काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा लामिछानेसहित १५ जनालाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको हो । यसअघि रवि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रकम सम्बन्धित जिल्ला अदालतमा बैंक धरौटी पेश गरेर छुटेका थिए ।