२२ माघ, काठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपालले थाइल्याण्डसँग हार ब्यहोरेको छ ।
आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । जितका लागि १ सय ७ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।