|  

टेलिकमले दियो कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक 

२२ माघ, काठमाडाैं । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक दिएको छ ।

टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा २०१ जना कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरिएको हो । २० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको छ ।