|  

टेलिकमको सर्वसाधारण शेयरको हिस्सा बढाउनुपर्नेमा सञ्चामन्त्रीको जोड

२२ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको सर्वसाधारण शेयरको हिस्सा बढाउनुपर्नेमा जोड दिएका छन् ।

टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने बताएका हुन् । अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै उनले यसका लागि यही आर्थिक वर्षभित्र यो प्रक्रिया थाल्ने बताए । 

टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस लगायत क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन उनको सुझाव छ । उनले ६ हजार ७४३ वडासम्मै फोरजी सेवा र्पुयाएर डिजिटाइज गर्नुपर्ने बताए ।  जनताले दिएको आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुने उनले बताए ।