२२ माघ, काठमाडौं । अमेरिकाबाट २०५ अवैध आप्रवासी भारत फिर्ता भएका छन् ।
सबै २०५ भारतीयहरु अमेरिकाको सैन्य विमान सि-१७ विमान मार्फत भारत फर्कदैछन । यी सबैलाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ । अमेरिकी दूतावासका प्रवक्ताले यस घटनाले अमेरिकाले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए ।
१८ हजारभन्दा बढी भारतीय अवैध रूपमा अमेरिकामा बसिरहेका छन । त्यस्ता भारतीयहरूको भिसा अवधि सकिएको छ वा उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका छन्। अमेरिकाले भविष्यमा धेरै भारतीयहरूलाई फिर्ता पठाउने डर छ ।