|  

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ?

२३ माघ, काठमाडौं  काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो ।

मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो । आज काठमाडौंको अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।