|  

रातारात स्थलमार्ग हुँदै चितवन पुगे रवि, आजै अदालतमा उपस्थित होलान् ? 

२३ माघ, काठमाडौं  सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि रवि लामिछाने चितवन पुगेका छन् ।

उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको स्रोतले जनाएको छ । 

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।