२३ माघ, काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम मोस्टिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।
मंगलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरेकी थिइन् ।
भेटका अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ ।
राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् ।