|  

स्विडेनको एक विद्यालयमा भएको आक्रमणमा १० जनाको मृ#त्यु

२३ माघ, काठमाडौं । स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन् । राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणमा आक्रमण गर्ने  व्यक्ति पनि मारिएका छन् ।

उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन् । धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ । प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ ।