२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए । लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ ।