|  

एकैदिन तोलामा २ हजार २ सयले बढ्यो सुन, कति पुग्यो तोलामा ? 

२३ माघ, काठमाडौं   साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सनु नेपाली बजारमा प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको हासंघले जनाएको छ ।