२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको दाबी गरेका छन् ।
आज बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डकै कारण त्यस बेलाको गठबन्धन तोडिएको आरोप लगाएका हुन् । ‘प्रचण्डजी र हामीबीच भएको गठबन्धन हाम्रो कारणले टुटेको होइन, हामी यो नचाइने कुरामा लाग्न हुँदैन । प्रचण्डले त्यो दिनचाहिँ म नेकपा एमालेसँग, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउन नजानु भएको भए कांग्रेसले के गरेको थियो र हामीले के गरेका थियौँ ।’